महेन्द्रनगर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका दिनेश चौधरी मृत्यु प्रकरणमा दुई जना युवा पक्राउ परेका छन् ।
मृतक दिनेशका दुई जना साथीलाई बुधवार नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।
यो पनिः तीन दिनदेखि बेपत्ता युवक मृत भेटिए
‘मृतक दिनेशसंगै खजुरीया गएका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ ग-यौँ ।’ प्रहरी निरीक्षक चन्दले दैनिक सञ्चारसंग भने, ‘सोधपुछ गरेर हिजो नै उनिहरु छुटे ।’
मृतक दिनेशका साथीहरु विमल चौधरी र किशन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको थियो । उनिहरु लागु औषधप्रयोग कर्ता रहेको अनुसन्धानबाट खुलेको छ ।
यो पनिः यस्तो अवस्थामा भेटिएका थिए दिनेश
दिनेशको हत्या वा आत्महत्या के हो खुल्न सकेको छैन । विभिन्न कोणबाट अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चन्द बताउँछन् ।
मंसिर २९ गते खजुरिया जान्छुँ भनेर हिडेका चौधरी त्यस पछि परिवारको सम्पर्कमा आएका थिएनन् ।
बुधवार बेलौरी नगरपालिका– ८ पचौइस्थित आफ्नो घर नजिकैको स्थानीय नपौया नालीमा मृत भेटिएका थिए ।