कञ्चनपुरमा चिसो बढेपछि बेदकोटका विद्यालय आजदेखी बन्द

Share post:

महेनद्रनगर । कञ्चनपुरमा चिसो बढेपछि बेदकोट नगरपालीकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

हाल शितलहरका कारण केही दिन देखी मौसम प्रतिकुल भई अत्याधिक चिसो बढेकोले विद्यालय बन्द गर्न निर्देशन दिईएको बेदकोट नगरपालीकाले जनाएको छ ।

चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले पुस ३ र ४ गते नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न नगरपालिकाले विद्यालयहरुलाई पत्रचार गरेको हो ।

मौसममा सुधार आएमा विद्यालय सञ्चालन गर्ने तर मौसममा सुधार नआए अर्को सुचना जारी गर्ने नगरपालीकाले जनाएको छ ।

ताजा समाचार