रूकुम पश्चिम ।
रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ।
कुटपिटमा संलग्न भएकोको आरोपमा प्रहरीले आठबीसकोट-३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले पक्राउ गरेको छ।
कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा बुधबार साँझ ६ बजेतिर आठबीसकोट–९, राडीज्युलामा आफूहरुमाथि कुटपिट भएको उनीहरुले बताएका छन्।
चेनले आक्रमण गर्दा केसीको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा पाँच टाका लगाइएको छ। चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका छन्।
आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको केसीले बताए।