चिसोका कारण एक जनाको मृत्यु

Share post:

इटहरी-  अत्यधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ ।

इटहरीको गोरखा बेकरी अगाडीको बेबिलोन बोडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीको शव फेला परेको हो ।

सडकमा मागेर हिड्ने नाम थर नखुलेको ती व्यक्तीको अत्याधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरीमा बुधबार बाट चिसो ह्वात्तै बढेको छ ।

आज विहान इटहरीको तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएको छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन ।

ताजा समाचार