उदयपुर । जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ।
भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले बताए ।
तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए। नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।