कञ्चनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

गए रातीदेखि कञ्चनपुर कैलाली सहित पश्चिम नेपालमा नेपाल टेलिकमको इन्टरनेट सेवा अबरुद्ध भएको हो ।

इन्टरनेट सेवा अबरुद्ध हुदा सरकारी कार्यालयका कामकाज प्रभावित भएका छन

।गोरु सिङेमा रहेको अप्टिकलमा समस्या आएकाले इन्टरनेट अबरुद्ध भएको नेपाल टेलिकम महेन्द्रनगरले जनाएको छ । नेपालगन्ज यता इन्टरनेट अबरुद्ध भएको छ ।

मर्मत काम भने जारी रहेको छ ।

अप्टिकलमा आएको समस्या छिट्टै समाधान हुने नेपाल टेलिकमले जनाएको छ ।

ताजा समाचार