महेनद्रनगर । काठमाण्डौ महानगरपालीकामा एकै रातमा २ सय १६ जना सडकआश्रित मानिसको उद्धार गरीएको छ ।
समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत काठमाण्डौं महानगरपालिकाको अयोजनामा सञ्चालित रात्रीकालिन सडक सेवा कार्यक्रम अन्तर्गत बुधवार राती मात्र २ सय १६ जना बेसहार, सडकआश्रित मानिसलाई काठमाण्डौँ महानगरपालीका, नेपाल प्रहरी, मानव सेवा आश्रम, लगाएतका संस्था तथा स्थानियको सहभागितामा उद्धार गरीएको नेपाल प्रहरीले जनाएको छ ।
काठमाण्डौँको गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्वर, कलंकी, जनसेवा, स्वयम्भू, सिनामंगल, भत्केकोपुल, कमलादी, सेतोपुल, बसपार्क लगायतका विभिन्न स्थानहरुबाट २ सय १६ जनालाई उद्धार गरीएको थियो ।
सहयोगापेक्षी सडकआश्रित मानव मुक्त काठमाडौं महानगरपालिका निर्माण गर्न रात्रीकालिन सडकसेवा कार्यक्रम ल्याइएको काठमाण्डौँ महानगरपालीकाले जनाएको छ ।
