चिसो र शीतलहरका कारण कञ्चनपुरको जनजीवन कष्टकर

Share post:

महेन्द्रनगर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण  कञ्चनपुरको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् ।

गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् ।

चिसोका कारण रुघाखोकी, निमोनिया, झडापाखाला, दमजस्ता बिरामी बढ्ने गरेको चिकित्सक हरुले बताएका छन ।

कञ्चनपुरमा चिसो बढेपछि भीमदत्त नगरपालीका र बेदकोट नगरपालीकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका छन ।

हाल शितलहरका कारण केही दिन देखी मौसम प्रतिकुल भई अत्याधिक चिसो बढेकोले विद्यालय बन्द गर्न निर्देशन दिईएको नगरपालीकहरुले जनाएका छन ।

चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले पुस ३ र ४ गते कञ्चनपुरका भीमदत्त र बेदकोट नगरपालीकाले नगर क्षेत्रका  सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न नगरपालिकाहरुले विद्यालयहरुलाई पत्रचार गरेका छन ।

मौसममा सुधार आएमा विद्यालय सञ्चालन गर्ने तर मौसममा सुधार नआए अर्को सुचना जारी गर्ने नगरपालीकाहरुले जनाएका छन ।

ताजा समाचार