भारतको राजधानी दिल्लीका विभिन्न भागहरुमा मोवाइल फोन कल, एसएमएस, तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ।
भारत सरकारले विभिन्न ठाउँमा आन्दोलन चर्केपछि यस्तो निर्देशन दिएको हो ।
भारतीय सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी कानूनको विरोधमा आन्दोलन चर्कँदै गएको छ ।
सरकारबाट प्राप्त निर्देशनअनुसार दिल्लीका केहि क्षेत्रमा फोनसेवाका आवाज, एसएमएस र डाटा प्रसारण अवरुद्ध गरेको जनाएको छ ।