डोल्पा तीन दिनदेखि सञ्चारविहीन,कारण यस्तो !

Share post:

डोल्पा– डोल्पामा विगत तीन दिन देखि टेलिफोन सेवा ठप्प भएको छ । गत मंगलबार दिउँसोदेखि डोल्पामा टेलिफोनसेवा ठप्प भएको हो ।

जिल्ला सदरमुकाम दुनै, जुफाल, खदाङ् लगायतका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावर सञ्चालन नभएपछि इन्टरनेट तथा टेलिफोन सेवा ठप्प भएको हो ।

डोल्पामा लेन्डलाईन टेलिफोन, नमस्ते र स्काईको मोबाईल सेवा, ए.डि.एस.एल ईन्टरनेट सेवा लगायतको सञ्चार अवरुद्ध भएको हो ।

अवरुद्ध टावर पुन सञ्चालनमा ल्याउन विभिन्न ठाउँको टावरहरु जाँचगर्ने काम भइरहेको दुर सञ्चार कार्यालय डोल्पाका प्रमुख दयाबिक्रम केसीले बताए ।

श्रोतkhabarhub

ताजा समाचार