अक्षय कुमारमाथि करीनाले यति थुकिन् कि, फेरि मेकअप गर्नुपर्‍यो

Share post:

अक्षय कुमार र करीना कपूरको जोडी फिल्म ‘गुड न्यूज’ मा देख्न पाइँदैछ ।

फिल्म शूटिङका बेला खिचिएको भिडियो हालै सार्वजनिक भएको थियो । जुन भिडियोमा फिल्म शूटिङका बेला कलाकारले कति रमाइलो गरे भन्ने देख्न सकिन्थ्यो ।

शूटिङका बेलाको एक रमाइलो किस्सा अक्षय कुमारले हालै सार्वजनिक गरेका छन् । उनले द कपिल शर्मा शो मा एक रमाइलो किस्सा शेयर गर्दै एकपटक आफूले फेरि मेकअप गर्नुपरेको सुनाए ।

एक दृश्यमा करीनाले बच्चालाई जन्म दिएकी हुन्छिन् । त्यतिबेला करीना जोडजोडले चिच्याउनुपर्ने हुन्छ । करीना यति चिच्याइन् कि, उनको मुखबाट थुक नै निस्कियो र अक्षयको अनुहारमा पर्‍यो ।

अक्षयले फेरि दोहोरो मेकअप गर्नुपर्‍यो ।

कमेडी जानराको यो फिल्ममा अक्षय र करीनाका अलावा दिलजीत दोशान्ज र कियारा आडवानीको पनि मुख्य भूमिका छ । फिल्मको रिलिजअघि खुबै चर्चा छ । अक्षय कुमारले सन् २०१९ मा ३ वटा हिट फिल्म दिइसकेका छन् ।

श्रोतkhabarhub

ताजा समाचार