महेन्द्रनगर ।
कञ्चनपुरमा चिसो बढेसंगै बेदकोट नगरपालिकाले बिहिवारदेखि ‘काठका मुडा’ (दाउरा) वितरण सुरु गरेको छ ।
बेदकोट नगरपालिकाले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नगरपालिका क्षेत्रभित्रका विभिन्न चोकहरुमा ‘काठका मुडा’ वितरण गरेको हो ।
चिसो बढे पछि चिसो छल्नका लागि नगरबासीलाई केही राहत पुग्ने उद्देश्यका साथ ‘काठका मुडा’ वितरण सुरु गरिएको विपद् व्यवस्थापन समितिका संयोजक तथा बेदकोट नगरपालिका–९ का वडाध्यक्ष राम सिंह धामीले बताए ।
यो पनिः चिसो र शीतलहरका कारण कञ्चनपुरको जनजीवन कष्टकर
‘चिसो ह्वात्तै बढ्यो, चिसो छल्नका लागि विभिन्न ठाउँमा नगरपालिकाले ‘काठका मुडा’ वितरण गरेको छ ।’ विपद् व्यवस्थापन समितिका संयोजक धामीले दैनिक संञ्चारसंग भने ।
नगरपालिकाको विपद् व्यवस्थापन अन्तर्गत विभिन्न ठाउँमा ‘काठका मुडा’ वितरण गरिएका हुन् ।
बेदकोट नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंह सहितको एक टोलीले चोक चोकमा गएर ‘काठका मुडा’ वितरण गरेको हो ।
यो पनिः चिसोले विद्यालय बन्द
यो क्रम चिसो रहञ्जेलसम्म चल्ने बेदकोट नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंह बताउँछिन् ।
पहिलो चरणमा बिहिवार नगरपालिकाको सीमा प्रारम्भ स्थल काङला पुल नजिकै महुलिया चौराह, हजारा, लालपुर, सिसैया, सामादैजी, दैजी, चम्फापुर लगायतका क्षेत्रमा ‘काठका मुडा’ वितरण गरिएका थिए ।
बेदकोाट नगरपालिकाले प्रत्येक वर्ष ‘काठका मुडा’ वितरण गर्दै आएको छ ।