बिकास सिंह महता / महेन्द्रनगर
लिटिल बुद्ध एकेडेमी र मर्निङग्लोरी स्कुल कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा जारी इन्टरनेसनल कप–२०७६ को फाइनलमा प्रवेश गरेका छन् ।
इन्टरनेसनल पब्लिक स्कुलको आयोजनामा सञ्चालन भइरहेको इन्टरनेसनल कप–२०७६ को बिहिवार भएका सेमिफाइनलको पहिलो खेलमा लिटिलबुद्ध एकेडेमीले इन्टरनेसनल पब्लिक स्कुललाई पहिलो हाफको २९ औं मिनेटमा डिबक्स भित्र पाएको फलमा पेनाल्टी पाउदा लिटिल बुद्धले १–० गोलको जित दर्ता गरेको थियो ।
जितका लागि निर्णायक गोल टिम क्याप्टेन बिशाल नाथले गोल गरे ।
दोस्रो सेमिफाइनल खेल मर्निङ ग्लोरी र आदर्श विद्या निकेतनबिच भएको रोमाञ्चक खेलमा १–० गोलको अन्तरले आदर्शलाई पराजित गर्दै दुई विद्यालयले आफ्नो फाइनलको यात्रा सुरक्षित गरेका हुन् ।
मर्निङ ग्लोरी टिमको तर्फबाट दोस्रो आफमा बिमल भण्डारीले गोल गरे । फाइनल खेल शुक्रबार दिउँसो १ बजे देखि हुने खेल व्यवस्थापक हेम पनेरू ले बताए ।
प्रतियोगिताको विजेताले १५ हजार ,उपविजेताले १० हजार र ट्रफी प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।
यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई सान्त्वना पुरस्कार समेतको व्यवस्था रहेको छ।
प्रतियोगितामा सरकारी विद्यालय एक र निजि बोर्डिङ विद्यालय १० गरी जम्मा ११ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता पौष महिनाको १ गते देखि सञ्चालन भएको थियोे ।