भीनपा–१८ मा मसाला, पापड बनाउने सम्बन्धि तालिम सम्पन्न

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा मसाला–पापड बनाउने सम्बन्धि ७ दिने तालिम बिहिवार सम्पन्न भएको छ ।

भीमदत्त नगरपालिका–१८ नम्बर वडा कार्यालयको आयोजनामा एकल महिला लक्षित कार्यक्रम अन्तर्गत सुरु भएको तालिम सम्पन्न भएको भीमदत्त नगरपालिका–१८ का वडा सदस्य प्रशान्त भट्टले दैनिक सञ्चारलाई बताए ।

भीनपा–१८ का वडाध्यक्ष राजेन्द्र पान्डेयको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भीमदत्त नगरपालिकाको महिला विकास उप–शाखाकी कलावती कुवँरले गरेकी थिइन ।

तालिममा भीमदत्त नगरपालिका–१८ अन्तर्गतमा १५ जना एकल महिलाहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार