नेपाल आइडल–३ को प्रशारण सुरु, कस्ले प्राप्त ग-यो गोल्डेन माइक ? [भिडियो]

Share post:

महेन्द्रनगर ।

नेपाली टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो गायन रियालिटी शो नेपाल आइडलको तेश्रो संस्करण बिहिबारदेखि प्रशारण सुरु भएको छ ।

पहिलो र दोश्रो संस्करणको सफलतापछि सुरु भएको तेस्रो संस्करण अन्तर्गत प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट नेपाल आइडल प्रसारण हुने छ ।

प्रशारणको पहिलो दिन काठमाडौँको एडिसन राखिएको थियो । पहिलो दिनमा धेरैको प्रस्तुति प्रशासरणमा आएको थियो ।

नेपाल आइडल–३ को पहिलो ‘गोल्डेन माइक’ काठमाडौँ बसुन्धराकी मेघा श्रेष्ठले प्राप्त गरिन । उनले ‘हेर्दा हेर्दै दोबाटोमा….’ बोलको गीत गाएकी थिइन ।

देशका प्रमुख सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल आइडल ३२ श्रृखलामा प्रसारण हुने गरेको भएपनि दर्शकको चाहना अनुसार यो सिजनमा केही श्रृखला थप हुन सक्ने निर्माण टिमले जनाएको छ ।

अघिल्ला दुई संस्करणमा देश विदेशमा रहेका दर्शकको अपार साथ सदभाव र प्रेम तथा विभिन्न माध्यमबाट प्राप्त सल्लाह सुझाबले यो संस्करण अझ परिस्कृत बनाउने प्रेरणा मिलेको निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलले बताए ।

नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । प्रस्तोताको रुपमा असिफ शाह र माम्पी घोष छन् ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा विजेता बनेका थिए भने दोस्रो संस्करणमा कञ्चनपुरका रवी ओडले बाजी मारेका थिए।

भिडियो

 

ताजा समाचार