न्यायाधीशका सुरक्षा गार्डको पेस्तोल लिएर फरार प्रेमी पक्राउ

विज्ञापन

Share post:

जनकपुरधाम ।
जनकपुर उच्च अदालतमा कार्यरत न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षामा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादव पक्राउ परेका छन्।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हतियारसहित पक्राउ गरेको हो।

पक्राउ परेका प्रेमी यादवलाई चाइनिज पेस्तोल, ७ राउन्ड गोलीसहित पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरबाट यादवलाई पक्राउ गरेर वडा नम्बर १२ स्थित यमुना मण्डलको गाईगोठबाट झोलामा राखिएको हतियार र गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। उनी मंगलबार राति गोली लोडेड पेस्तोल लिएर फरार भएका थिए।

ताजा समाचार