सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बिडारी प्रधानमन्त्री कार्यालयमा तानिए

Share post:

काठमाडौँ ।

मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका नारायणप्रसाद बिडारी (सचिव)लाई सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

उनी यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीमा प्रमुख सचिवको जिम्मेवारीमा रहेका थिए ।

त्यसैगरी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव (अरिरिक्त समूह) का बालकृष्ण घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीमा प्रमुख सचिवको जिम्मेवारीमा रहने गरी सरुवा गरिएको छ ।

ताजा समाचार