दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

Share post:

दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते छन् ।

धनुषामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका–३ हरियरपुर बस्ने २० वर्षीय दीपकुमार महतोको ज्यान गएको छ ।

गम्भीर घाइते उनको जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा ना ६५ प ९२९२ नम्बर पल्सर मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–९, धरापानीका २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर घाइते भएका छन् ।

दुवैको ढल्केवरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ र्। ठक्कर दिने ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार