भारतको राजधानी नयाँ दिल्लमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुई जनाको ज्यान गएको छ ।
मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि मोदी सरकारले अहिलेसम्मकै सबभन्दा ठूलो विरोध खेप्नुपरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन ।
विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि मेंगलुरूमा कर्फ्यू लगाइएको छ।उत्तरप्रदेशको लखनउमा पनि गोली लागेर एक जनाको मृत्यु भएको बताइएको छ।
प्रदर्शनकारीले मध्यगञ्ज प्रहरी कार्यालयबाहिर रोकिएका गाडी जलाउन खोज्दा २० जनाभन्दा बढी पक्राउ परेका छन । एजेन्सी