सात महिनाका बालक मेयर बनेका छन । अमेरिकाको ह्वाइटहल सहरले सबै भन्दा सानो उमेरका मेयर पाएको छ ।
ह्वाइटहल सहरका लागी सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलनलाई मानार्थ मेयर बनाइएको हो ।
उनी निर्वाचित मेयर भने होइनन । उनको सपथ भइसकेको छ । ।
समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ ।
बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।
उनको सपथ भने आमाबुवाले सपथपत्र पढेर पुरा गरेका छन ।एजेन्सी