मोटरसाइकल चोरी गर्ने ११ जना पक्राउ

Share post:

काठमाडौै । नेपाल प्रहरीले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमााडौंको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न ठाउँबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत रहेको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदुलाल कामती बताए । उनीहरुमाथि चोरी मुद्दा दर्ता गरेको र अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा समाचार