काठमाडौं । तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक रहेका छन ।
उनीहरुले २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच्चा अपहण गरेर टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए । बन्धक बनाएर तीन लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।