कञ्चनपुर एसपी दिनेश आचार्यको सरुवा, आचार्यको ठाँउमा मुकुन्द मरासनी आउने

Share post:

महेन्द्रनगर । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिनेश कुमार आचार्यको ठाँउमा मुकुन्द मरासनीको आउने भएका छन ।

कञ्चनपुरका एसपी दिनेश आचार्य प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल काठमाडौँमा सरुवा भएका छन् ।

त्यस्तै, चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेशकुमार बस्नेतको सरुवा भएको छ। आकर्षक जिल्ला झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।

रविराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ। चितवनका दानबहादुर मल्लको विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

ताजा समाचार