महेन्द्रनगर ।
इन्टरनेसनल कप फुटबल प्रतियोगिता–२०७६ को उपाधी लिटिल बुद्ध एकेडेमीले जितेका छ ।
शुक्रवार महेन्द्रनगर स्थित खुलामञ्चमा भएको फाइनल खेलमा मर्निङ ग्लोरी स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी उचालेको हो ।
लिटिल बुद्ध एकेडेमीका लागि खेलको अन्तिम चरण बिशाल नाथले निर्णायक गोल गर्दै टिमलाई उपाधी जिताए । प्रतियोगिताको विजेता लिटिल बुद्ध एकेडेमीले नगद १५ हजार, ट्रफी, मेडल प्राप्त ग-यो ।
उप विजेतामा चित्त बुझाएको मोर्निङ ग्लोरीले नगद १० हजार ट्रफी, मेडल प्राप्त ग-यो ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सम्मान समेत गरिएको छ । उत्कृष्ट मिड फिल्डर इन्टरनेशनल पब्लिक स्कुलका कुशल देउवा भए ।
उनले बुट प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेन्डर लिटिल बुद्ध एकेडेमीका शेखर भट्ट भए । उनले पनि बुट प्राप्त गरे ।
उत्कृष्ट गोल किपरमा लिटिल बुद्ध एकेडेमीका आकाश बुढा भए । उनले गलप्स पाए भने उत्कृष्ट स्ट्राइगर मर्निङ ग्लोरीका बिमल भण्डारी भए । उनले बुट प्राप्त गरे ।
पुष १ देखि सुरु भएको प्रतियोगिता शुक्रवार एक कार्यक्रमकाबिच सम्पन्न भएको आयोजक इन्टरनेशनल पब्लिक स्कुलका खेलका संयोजक हेमराज पनेरुले दैनिक सञ्चारलाई बताए ।
इन्टरनेशनल पब्लिक स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश राज बोहराको अध्यक्षता तथा पूर्व–शिक्षा सेवा आयोगका सदस्य बिशनदत्त भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । हरेक वर्ष प्रतियोगिता आयोजना गरिदै आएको छ । यो वर्ष सञ्चालन भएको प्रतियोगिताको पाचौँ संस्करण हो ।