कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुलद्धारा भोली निशुल्क स्वास्थ्य शिविर

Share post:

महेन्द्रनगर । इन्टरनेशनल पब्लिक स्कुलले भोली महेन्द्रनगरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

कञ्चनपुरको महेन्द्रनगर स्थित इन्टरनेशनल पब्लिक स्कुलले शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक राजेनद्र भट्टले दैनि सञ्चारलाई बताए ।

प्रधानाध्यापक भट्टले भने ‘हाम्रो विद्यालय बाट प्रवेशीका परिक्षा उत्तिर्ण गरेका हाल डाक्टरहरुले नै स्वास्थ्य परिक्षण गर्ने छन् ।’

इन्टरनेशनल स्कुल बाट प्रवेशीका परिक्षा उतिर्ण गरेका हाल डाक्टर सुभाश लामिछाने, स्मृति रावल, नविन भट्ट लगाएतका डाक्टरहरुले शनिवार निशुल्क स्वास्थ्य परिक्षण,उपचार तथा परामर्श सेवा दिने विद्यालयले जनाएको छ ।

इन्टरनेशनल पब्लिक स्कुलले नेपालको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाईसकेको छ । विद्यालयले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।

ताजा समाचार