काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टी दोबाटोमा आगलागी भएको छ । शुक्रबार अपरान्ह किटनाशक औषधिको गादाममा आगलागी भएको हो ।
प्रहरीका अनुसार अहिले काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारणबारे हालसम्म खुलेको छैन ।