सुदूरपश्चिममा दिनहुँ चोरी हुँदै विद्युत् उपकरण

विज्ञापन

Share post:

डोटी । उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा रहेको जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।

 

विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् गृहमा २०६६ भदौमा आएको बाढीपहिरोले क्षति र्पुयाएपछि अहिले सो विद्युत् गृह बेवारिसे अवस्थामा रहेको छ ।

 

अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । बाढीपहिरोले विद्युत् गृहको पेनस्कटक पाइप तथा विद्युत् गृहमा केही क्षति र्पुयाएपछि अहिलेसम्म यसको मर्मतका लागि ध्यान दिइएको छैन ।

 

विद्युत् गृहमा कर्मचारी नबस्दा सरसामान दिनहुँ चोरी हुन थालेको हो । शिखर नगरपालिका–१ खाती गाउँका खडकबहादुर खातीले विद्युत् गृहका राम्रा र महँगा सरसामान कवाडी हुँदैछन् भने कयौँ सामान चोरी हुन थालेको बताए ।

 

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले बाढीपहिरोले क्षति र्पुयाएको सो विद्युत् गृह मर्मत गरेर पुनःसञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए ।

श्रोतkhabarhub

ताजा समाचार