भारतमा हिंसात्मक प्रदर्शन जारी, १३ जनाको मृत्यु

Share post:

काठमाडौं ।
भारतमा नागरिकतासम्बन्धी कानुनको विरोधमा दुई सातायता जारी हिंसात्मक प्रदर्शन अझै रोकिएको छैन।

अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबार मात्रै ६ जनाको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रमुख ओपी सिंहले रोएटर्स समाचार संस्थालाई बताएका छन्।

बीबीसीका अनुसार आलोचकहरूले मुस्लिमविरोधी भनेको विवादास्पद नागरिकता कानुनको विरोध सुरु भएयता भारतका विभिन्न स्थानमा चर्किएका हिंसात्मक प्रदर्शनका क्रममा १३ जनाको ज्यान गइसकेको छ।

प्रदर्शनकारीहरू प्रहरीले बनाएको अवरोध नाघेर सडकमा आउने क्रम जारी छ।

अधिकारीहरूले नागरिकता कानुनको विरोधमा भइरहेका प्रदर्शनहरूलाई दमन गर्ने प्रयत्न गरिरहेका छन्।

राजधानी दिल्ली तथा अन्य केही स्थानमा इन्टरनेट बन्द गरिएको छ।

बिहीवार भएका हिंसात्मक प्रदर्शनका क्रममा तीन जनाको ज्यान गएको थियो भने हजारौं प्रदर्शनकारीहरू पक्राउ परेका थिए।

ताजा समाचार