महेन्द्रनगर । महेन्द्रनगरमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव हुन लागेको छ ।
‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान,सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुष दोस्रो सातादेखि महोत्सव हुन लागेको हो ।
शनिवार पत्रकार सम्मेलन गर्दै पुष ११ गते देखी २० गते सम्म कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा पर्यटन महोत्सव संचालन हुने आयोजकले जनाएको छ ।
नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि समेत महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक हेमबाबु लेखकले बताए ।
संयोजक लेखकले नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको बताए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशका साँस्कृतिक, धार्मिक, ऐतिहासिक एंव पर्यटन स्थलको प्रचार प्रसार एव प्रर्बद्धन र विपन्न समुदायका बालबालिकाको पठन पाठनका लागि परोपकार कोष स्थापना गरिने बताए ।
म्होत्सवमा सुदूरपश्चिमका पर्यटकीय स्थल, धार्मिक ऐतिहासिक क्षेत्र र विभुतिको तस्बिर प्रर्दशनी, मौलिक खाने परिकारका साथै सबै धर्म,भाषा संस्कृतिको पहिचान झल्किने भेषभुषा र रहनसहन झल्काउने तस्बिर तथा प्रदर्शनी गरीने छ ।
महोत्सवको तयारी तिव्र भईरहेको बताउदै संयोजक लेखकले, प्रचारप्रसार तिव्र पारिने बताए । संयोजक लेखकका अनुसार विगत भन्दा यस बर्ष मेला पृथक बनाईने छ ।
महोत्सवमा अनलाईन टिकटपनि व्यावस्था रहेको,महोत्सव स्थल फ् िवाईफाईका साथै सुरक्षाको लागी महेत्सव क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिने छ । ‘हामीले अरु भन्दा यस बर्ष फरक महोत्सव बनाउने छौँ, ‘संयोजक लेखकले भने, ‘यो महोत्सव मौलिक र वैज्ञानिक हुन्छ .’ महोत्सव भित्र मदिरा धुम्रपान रहित क्षेत्र घोषणा गरिने र मध्यपान गरेका व्यक्तिलाई प्रवेसमै रोक लगाईने बताए ।
कुल १ सय ५० स्टलमा सुदूरपश्चिमका विभिन्न कृषि उत्पादन, ऐतिहासिक, धार्मिक, पर्यटकिय क्षेत्र, निर्माण समाग्री, गरगहना प्रर्दशन गरिने छ ।
त्यस्तै सुदूरपश्चिमका सौका, थारु, आदिवासी, पहाडी क्षेत्रका सबै समुदायको लोक संस्कृति धर्म परम्परा संरक्षणका लागि संस्कृति प्रस्तुति गरिने बताए संयोजक लेखकले बताए ।
महोत्सव उद्घाटनका दिन ५१ हजार बराबरको अक्षयकोषको घोषणा गरिने संयोजक लेखकले बताए ।
महोत्सवबाट यस क्षेत्रमा धार्मिक, पर्यटकिय ऐतिहासिक क्षेत्रको प्रचार प्रसार मात्र नभई यस क्षेत्रको मौलिक संस्कृतिको समेत संरक्षण हुने भएकाले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने संयोजक लेखकको दावि छ ।
‘हामी नाफा कमाएर घर लैजाने भन्ने होईन, ‘यो नितान्त समाजसेवा पनि हो, ‘संयोजक लेखकले भने, ‘यसबाट विपन्न समुदायका बालबालिकाको पढाईमा टेवा पुग्नुका साथै सुपको पर्यटन विकासमा हुन्छ ।’
बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यान राखिने छन् । ९ दिनसम्म संचालन हुने महोत्सवको २७ लाख ५ हजार खर्चको अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत ३० र सर्वसाधारणका लागि ५० रुपैया निर्धारण गरिएको संयोजक लेखकले बताए ।
सुदूरपश्चिमका बरिष्ठ उद्घोषक एव कलाकार नविन धामी, देउडा गायक रेखा जोशी, लगायतका स्थानीय एव राष्ट्रिय चर्चित कलाकारको समेत प्रस्तुती रहने छ । आयोजकले कान्छा कनिष्ट सरसफाई अभियन्ता केपी खनाललाई अक्षयकोषको दुत समेत नियुक्ती गरेको छ । महोत्सवमा सरसफाईका साथै पछि पनि मञ्च पुर्ण सरसफाई रहने आयोजकले जनाएकोे छ ।
आयोजकले स्थानीय तहसंग सहकार्य गरेर महोत्सवलाई थप पर्यटकिय दृष्टिकोणबाट अघि बढाउने जनाएको छ । महोत्सवको विषयमा दैनिक प्रचार प्रसारका लागि रेडियो राष्ट्रियका स्टेशन इन्चार्ज राकेश दयाल र दैनिक सञ्चारका पत्रकार देवेन्द्र खड्कालाई संयोजकको जिम्मेबारी दिईएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि समाजिक संजाल मार्फत समेत अभियान चलाएका आयोजक तर्फका युवा समाजसेवी करन सिंह पाल, जयराज जोशी लगायतका युवाहरुको टिम रहेको संयोजक लेखकले बताए । महोत्सव सबैको भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आयोजकले आग्रह गरेको छ ।