यस वर्ष मात्रै मेसीले गरे व्यत्तिगत ५० औं गोल

Share post:

एएफपी
बार्सिलोना — लियोनल मेसीले सन् २०१९ को आफ्नो व्यक्तिगत ५० औं गोल गर्दै स्पेनी ला लिगामा बार्सिलोनालाई एलाभेसमाथि शनिबार राति ४–१ को जित दिलाएका छन् । यस नतिजासँग बार्सिलोनाले घरमा पूरा वर्ष अपराजित यात्रा पूरा गरेको छ ।

एलाभेसमाथिको जितमा लुइस स्वारेजले एक गोल गरे भने अन्य तीन गोलमा सहयोगीको भूमिका निभाए। बार्सिलोनका लागि एन्टोन ग्रिजमन र आरटुरो भिडालले पनि गोल गरे।

बार्सिलोनाले सन् २०१९ मा आफ्नो घरेलु मैदान नू क्याम्पमा २४ खेल जितेको छ भने चार खेलमा बराबरी खेलेको छ। सन् २०११ यता यो पहिलो पल्ट बार्सिलोना घरमा अपराजित रहेको हो।

लिग तालिकामा बार्सिलोना ३९ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल कम खेलेको रियल म्याड्रिड ३६ अंकमा दोस्रोमा छ।

श्रोतएएफपी

ताजा समाचार