हावाको बिजुली गाँउ नै झिलमिलि

Share post:

पाल्पा । हावाबाट बिजुली निकाले पछी गाँउ नै झिलमिलि बनेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको सहयोगमा पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली निकालेपछी स्थानीयहरु खुसी बनेका छन ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले बताए ।

हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली हो ।

गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग गरिएको छ ।

ताजा समाचार