‘दबंग ३’ को आज सम्मको कमाइ !

Share post:

काठमाडौ । बलिउड चर्चित चलचित्र ‘दबंग ३’ शुक्रवारदेखि प्रदर्शनमा छ । निकै नै बहुप्रतिक्षित यो चलचित्र सार्वजनिक भएसँगै २ दिनमा नै बक्स अफिसमा आक्रामक व्यापार शुरू गरेको छ ।

सलमान खान, सोनाक्षी सिन्हा र साईं मन्जरेकर अभिनित चलचित्र दबंग ३ को आक्रामक शुरूवात देखेर सबैतिर चर्चा चुलिएको छ ।

ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार यस चलचित्रले पहिलो दिन शुक्रवार २४ करोडको व्यापार गरेको थियो ।दोस्रो दिन यस चलचित्रले २४ करोड हाराहारीको कमाइ गरेको छ ।

यस चलचित्रले अहिलेसम्म ४७ करोडभन्दा बढी कमाइसकेको बताइएको छ ।

ताजा समाचार