अत्याधुनिक हतियार सहित ९ हजार राउण्ड गोली फेला

विज्ञापन

Share post:

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियार र विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा हतियारको खोजीमा निस्किएको प्रहरी टोलीले जमिन खनेर हतियार र गोली बरामद गरेको हो ।

प्रहरीले हतियार फेला पारेको क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी शुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकारीले द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने बताए ।

आइतबार बरामद भएका हतियारको प्रकारबारे प्रहरीले आधिकारिक रुपमा केही बताएको छैन । तर, जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले आइतबार बरामद भएका हतियारमा सर्ट मेसिन गन ९एसएमजी० छन् । यद्यपि हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रोतkhabarhub

ताजा समाचार