काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा ११ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले गत मंसिर २७ देखि पुस ६ सम्मको सीमा तोकेर दल दर्ताको लागि आह्वान गरेको थियो ।
नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका ११ वटा दलहरू आगामी माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन भाग लिने आयोगका सहसचिव तथा प्रवत्ता गिरिजा शर्माले बताए ।
आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यहरूको निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । फागुन २० गते १९ जना सांसदहरूको २ वर्षे कार्यकाल सकिँदै छ ।
माघ ९ गते १८ जनाका लागि निर्वाचन हुन लागेको हो ।
यी हुन् निर्वाचनमा भाग लिने दल
१) नेपाली जनता दल
२) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
३) इतिहासिक प्रजातान्त्रिक जनता पार्टी
४) नेपाद मजदुर किसान पार्टी
५) समाजवादी पार्टी
६) राष्ट्रिय जनमोर्चा
७) राष्ट्रिय जनता पार्टी नेपाल
८) नेपाली कांग्रेस
९) नेपाल संघीय समाजवादी पार्टी
१०) राष्ट्रिय प्रजातन्त्र पार्टी
११) राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)