प्रहरीद्धारा विद्यार्थिहरुलाई विभिन्न अपराध सम्बन्धि प्रशिक्षण

Share post:

महेनद्रनगर । अछाम प्रहरीले विद्यार्थिहरुलाई विभिन्न अपराध सम्वन्धि जनचेतनामुलक प्रशिक्षण दिएको छ ।

आईतवार समुदाय( प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाम मातहत ईलाका प्रहरी कार्यालय बगुडाठाँटी अछामको आयोजनामा जिल्लाको मेल्लेख गाउँपालिका ३ ठाँटी स्थित,पिपचौर माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई जनचेतनामुलक प्रशिक्षरण दिएको अछाम प्रहरीले जनाएको छ ।

बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि,शिक्षक, बिद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका बिद्यार्थीहरुलाई बालबिवाह,बहुबिवाह,छाउपडी प्रथा,लागुऔषध दुर्व्यशन,साईबर अपराध तथा सडक सुरक्षा सम्बन्धि जनचेतनामुलक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम गरीएको जिल्ला प्रहरीले कार्यालय अछामले जानकारी दियो ।

ताजा समाचार