काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटमा बुटवल ब्लास्टर्सले तेस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा आइतबार एक्सपर्ट धनगढीलाई ७ विकेटले पराजित गर्दै बुटवल ब्लस्टर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
बुटवलले एक्सपर्ट धनगढीले दिएको १ सय ४१ रनको लक्ष्य २० बल बाँकी छँदा ७ विकेट खर्चेर पूरा ग¥यो ।
बुटवलका लागि विदेशी खेलाडी अफ्ताबुद्धिन अहमदले ५२ रन बनाउँदा हर्ष टँकले ४० रन जोडका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारीत २० ओभरको १ बल बाँकी छँदा १ सय ४० रनमा अलआउट भयो ।
धनगढीकालागी कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धसतकिय पारी खेल्दै ६१ रन बनाएका छन् ।
त्यस्तै सन्दीप जोराले ३९ रन र सौरभ खनालले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको जोड्न सकेनन् ।
अहिलेसम्म ४ खेल खेलेको बुटवलले ३ खेल जितेर ६ अंक बनाएको छ ।