काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले उद्दार गरेको छ ।
उनलाई प्रहरीले कालीकोटबाट अपहरणमुक्त गरेको हो ।
कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको अनलाइनखबरलाई बताए ।
यद्यपि, घटनामा कसैलाई पक्राउ गरिएरनगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए ।
केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी राखेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।
शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो ।