यी मान्छेलाई देख्दा तपाईं पनि अलमलमा पर्नुहुनेछ, आखिर यी पुरुष हुन् कि महिला ?
हामी कुरा गर्दैछौँ, चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायनको बारेमा ।
सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखेका थिए । यो प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमै निकै चर्चित बनेको थियो । उक्त शो पश्चात् उनको छुट्टै पहिचान स्थापित भएको थियो ।
रिचर्ड महिला हुन् कि पुरुष रु उनको नाम अनुसार उनी पुरुष नै हुन् । तर उनी चाहिँ आफूलाई महिला र पुरुषको बीचको मान्छे मान्दछन् ।
बीबीसीसँग उनले भनेका छन्, ‘म जे होइन, त्यो देखिन चाहँदिन । अभिनेता एन्टन रोजरले मलाई तिमी महिला र पुरुषबाहेक अरु नै केही हौ भनेर भने । मलाई लाग्यो कि उनले भनेको ठीक हो । यो रवैया मलाई मन पर्यो ।’
रिचर्डले सन् २०१३ मा एक अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्ताका क्रममा उनले आफू महिला र पुरुषको बीचको मान्छे भएको बताएका थिए । उनले आफू ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको दाबी गरेका थिए, त्यसबेला ।
सन् २०१७ मा उनले एउटा विवादास्पद अभिव्यक्ति दिए । समलिंगी महिलाहरु खास महिला नभएको उनले बताएका थिए त्यतिबेला ।
बीबीसीसँगको एक अन्तरवार्ताका क्रममा रिचर्डलाई सोधियो, ‘पासपोर्टको आवेदन दिने बेलामा तपाईंले महिला र पुरुषमध्ये कुन विकल्पमा चिनो लगाउनुहुन्छ रु’
जवाफमा उनले भने, ‘पुरुषमा चिनो लगाउँछु । तर मलाई ‘अन्य’ भन्ने विकल्पमा चिनो लगाउन मन लाग्छ ।’
अहिले ७७ वर्षको उमेर पुगिसक्यो उनको । रिचर्डले जीवनकालमा अहिलेसम्म ३ पटक बिहे गरिसकेका छन् । उनका ३ वटा छोराछोरीसमेत छन् ।
सन् १९७१ मा उनले अभिनेत्री किमी वांगसँग बिहे गरे । वांगसँग बाट एकवर्ष पछि नै एउटा छोरा जन्मियो ।
उनले बार डिजाइनर जेन मससँग दोश्रो बिहे गरे र दुईजना छोराछोरी जन्माए ।
सन् २०१३ मा रिचर्डले तेस्रो बिहे गरे । जर्मन नागरिक ३५ वर्षीया सबरिना ग्राफसँग उनले तेस्रो बिहे गरेका हुन् ।
तीन वर्ष लामो प्रेम सम्बन्धपश्चात् रिचर्ड र सबरिनाले बिहे गरेका थिए ।
एजेन्सीको सहयोगमा