सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सवका लागि सिँगारिदै महेन्द्रनगर खुलामञ्च [फोटो/भिडियो]

Share post:

महेन्द्रनगर ।
पुस ११ गतेदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव हुन लागेको छ ।

‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान,सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुस ११ देखि २० गतेसम्म महोत्सव हुन लागेको हो ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका संयोजक हेमबाबु लेखकले बताए । महोत्सवको तयारी स्वरुप महेन्द्र खुलामञ्च सिंगारिदै छ ।

महोत्सव स्थलमा स्टल व्यवस्थापनको काम जारी रहेको छ । खुलामञ्च घेरबार, बाल उद्यान, प्रवेशद्धार लगायतका काम सकिएको आयोजकले जनाएको छ ।

भिडियो

महोत्सवका लागि यसरी सिंगारिदै छ खुलामञ्च !

महोत्सवका लागि यसरी सिंगारिदै छ खुलामञ्च !

Gepostet von Dainik Sanchar am Montag, 23. Dezember 2019

 

नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि समेत महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हेमबाबु लेखकले बताए ।

संयोजक लेखकले नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको बताए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका साँस्कृतिक, धार्मिक, ऐतिहासिक एंवम् पर्यटन स्थलको प्रचार प्रसार एव प्रबद्र्धन र विपन्न समुदायका बालबालिकाको पठन पाठनका लागि परोपकार कोष स्थापना गरिने छ ।

यो पनिः पुस ११ गतेदेखि महेन्द्रनगरमा महोत्स

महोत्सवमा सुदूरपश्चिमका पर्यटकीय स्थल, धार्मिक ऐतिहासिक क्षेत्र र विभुतिको तस्बिर प्रदर्शनी, मौलिक खाने परिकारका साथै सबै धर्म,भाषा संस्कृतिको पहिचान झल्किने भेषभुषा र रहनसहन झल्काउने तस्बिर तथा प्रदर्शनी गरिने छ ।

संयोजक लेखकका अनुसार विगत भन्दा यस बर्ष मेला पृथक बनाइने छ ।

महोत्सवमा अनलाइन टिकट पनि व्यवस्था रहेको,महोत्सव स्थल फ्रि वाईफाईका साथै सुरक्षाको लागी महोत्सव क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिने छ ।

‘हामीले अरु भन्दा यस बर्ष फरक महोत्सव बनाउने छौँ, ‘संयोजक लेखकले भने, ‘यो महोत्सव मौलिक र वैज्ञानिक हुन्छ ।’ महोत्सव भित्र मदिरा धुम्रपान रहित क्षेत्र घोषणा गरिने र मध्यपान गरेका व्यक्तिलाई प्रवेश मै रोक लगाइने बताए ।

कुल १ सय ५० स्टलमा सुदूरपश्चिमका विभिन्न कृषि उत्पादन, ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, निर्माण समाग्री, गरगहना प्रदर्शन गरिने छ ।

त्यस्तै सुदूरपश्चिमका शौका, थारु, आदिवासी, पहाडी क्षेत्रका सबै समुदायको लोक संस्कृति धर्म परम्परा संरक्षणका लागि संस्कृति प्रस्तुति गरिने बताए संयोजक लेखकले बताए ।

महोत्सव उद्घाटनका दिन ५१ हजार बराबरको अक्षयकोषको घोषणा गरिने संयोजक लेखकले बताए ।
महोत्सवबाट यस क्षेत्रमा धार्मिक, पर्यटकिय ऐतिहासिक क्षेत्रको प्रचार प्रसार मात्र नभई यस क्षेत्रको मौलिक संस्कृतिको समेत संरक्षण हुने भएकाले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने संयोजक लेखकको दावि छ ।

‘हामी नाफा कमाएर घर लैजाने भन्ने होईन, ‘यो नितान्त समाजसेवा पनि हो, ‘संयोजक लेखकले भने, ‘यसबाट विपन्न समुदायका बालबालिकाको पढाईमा टेवा पुग्नुका साथै सुपको पर्यटन विकासमा हुन्छ ।’

बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यान राखिने छन् । ९ दिनसम्म संचालन हुने महोत्सवको २७ लाख ५ हजार खर्चको अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत ३० र सर्वसाधारणका लागि ५० रुपैया निर्धारण गरिएको संयोजक लेखकले बताए ।

सुदूरपश्चिमका बरिष्ठ उद्घोषक एवम् कलाकार नवीन धामी, देउडा गायक रेखा जोशी, लगायतका स्थानीय एव राष्ट्रिय चर्चित कलाकारको समेत प्रस्तुति रहने छ । आयोजकले स्थानीय तहसंग सहकार्य गरेर महोत्सवलाई थप पर्यटकिय दृष्टिकोणबाट अघि बढाउने जनाएको छ ।

ताजा समाचार