महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–४ चुरेको फेदीमैे शिवलिङ्गेश्वर (लिङ्गा)धाम रहेको छ ।
सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । माटोका अनौठा आकृतिसँगै सेल्फी लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।
पर्यटकको सुविधाका लागि नगरपालिकाले सेल्फि प्वाइन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ ।
टाढाबाट लस्करै मन्दिरहरुको सहरजस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेजस्तो देखिन्छ ।
ढुंगाले भरिएको पथरिलो सडकमा सवारीसाधन गुडाउँदै यस क्षेत्रको अवलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन् ।
ड्रोनबाट कैद गरिएका शिवलिङ्गेश्वर (लिङ्गा) धामका केही दृश्य
फोटोः सामाजिक सञ्जाल