भोजपुर–जबर्जस्ती करणीको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुका वडा सदस्य ३८ वर्षीय बालकुमार राई रहेका छन ।
पीडित युवतीले आफूमाथि गत मंसिर १५ गते बलात्कार गरेको भन्दै वडा सदस्य राईविरुद्ध उजुरी दिएकी थिइन ।
पक्राउ परेका वडा सदस्यविरुद्ध जवर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।