महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसी स्थित जनज्योति बहुमुखी क्याम्पसमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमवार अनिश्चिकालिन तालबन्दी गरेको छ ।
विद्यार्थी संगठनले उठाएका मागहरुप्रति क्याम्पस प्रशासन मौन बसेको भन्दै अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेको अध्यक्ष धर्मराज जोशीले बताए ।
यो पनिः क्याम्पस प्रशासनलाई अनेरास्ववियुको ५ दिने अल्टिमेटम
‘पाँच छ दिन अगाडि ११ बुँदे माग अगाडि सारेर क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका थियो । अहिले ती माग सम्बोधनका लागि क्याम्पस प्रशासन मौन छ ।’ अध्यक्ष जोशीले दैनिक सञ्चारसंग कुरा गर्दै भने, ‘हामीले माग सम्बोधन नहुञ्जेलसम्मका लागि क्याम्पस प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरेका छौँ ।’
उनका अनुसार क्याम्पसको लेखा फाँट र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो । नियमित पढाइलाई बाधा नपुग्ने गरी तालाबन्दी गरिएको हो ।
गत सोमवार क्याम्पस प्रशासनलाई अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले विभिन्न ११ बुदेँ माग गर्दै ५ दिने अल्टिमेटम दिएको थियो ।
कम्प्युटर ल्याब ब्वाइको तुरुन्त व्यवस्था हुनु पर्ने, क्याम्प्युटर ल्याबमा १५ कम्प्युटर थपिनु पर्ने , बिबिएस र बिएस डब्ल्युमा अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ गरिनु पर्ने, अंग्रेजी र नेपाली भाषामा अध्ययन गर्ने विद्यार्थीको कोठा छुट्टा छुट्टै हुनु पर्ने, सिसिटिभी क्यामेरा जडान गरिनु पर्ने, ई–लाइबब्रेरीको काम पूर्व–सम्झौता अनुरुप कार्यान्वयन गरिनु पर्ने, बिएसडब्ल्युको शुल्क अघिल्लो वर्षकै कायम हुनु पर्ने लगायतका ११ बुदेँ माग अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले अगाडि सारेको छ ।
आफ्ना मागहरु तत्काल सम्बोधन नभए आफुहरु जस्तो सुकै कडा कदम पनि चाल्न तयार हुने विद्यार्थीको चेतावनी छ । तालाबन्दीले क्याम्पस प्रशासनका दैनिक काम प्रभावित भएका छन् ।