आगलागीमा परी ९ जनाको निधन

Share post:

भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको निधन भएको छ। निधन भएका मध्ये चार महिला र तीन बालबालिका रहेका प्रहरीले जनाएको छ ।

आवासीय भवनमा आ ग लागी भएको सरकारी अधिकारीहरुले जनाएका छन्। नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आ ग लागी भएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

दिल्ली अ ग्नी निय न्त्रण विभागका अधिकृत अजयकुमारले सो आ ग लागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा ज लेका सिन्ह्वा समाचार समितिलाई बताए।

आ गो पूर्णरुपमा नियन्त्र णमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए। घट नास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ। ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति ज लेर घाइते भएका छन्। अन्य दुई जना भने सामान्य ज लेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। विद्युतको लाइनमा सम स्या आएपछि सो आ ग लागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आ ग लागीको घ टना हो। यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आ ग लागीको घट ना भएको थियो। सो घट नामा परी कम्तीमा ४३ जनाको निधन भएको थियो।

भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्धिपक्षीय वार्ता भएको छ । उहाँहरुबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन् ।भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको भ्रमणमा रहनुभएको छ । उहाँले आइतबार अपराह्न राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताएको छ ।

आइतबार उहाँहरुबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताउनुभएको छ ।
इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरु खोज्ने विषयमा छलफल भएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ । उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ ।
उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका यसअघिका समाचारहरुमा जनाइएको छ ।
यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्को एक समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको इरानी राष्ट्रपतिको भ्रमण भएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।एजेन्सी

ताजा समाचार