शंकास्पद गतिविधि गर्ने विदेशी नागरिक पक्राउ

Share post:

काठमाडौं प्रहरीले शंकास्पद गतिविधि गर्ने ठूलो संख्यामा विदेशी नागरिकलाई पक्राउ गरेको छ।

बाँसबारीमा रहेका केही घरहरुमा शंका लागेर छापा मारी प्रहरीले ७० जनाभन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमध्ये धेरैजसो चिनियाँ नागरिक छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले आज दिउँसो छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु बैंक ह्याकिङ्ग लगायतका गतिविधिमा संलग्न भएको आशंका गरिएको छ। प्रहरीले यसअघि बैंक ह्याकिङ्ग गरी करोड बढी रकम लुट्ने चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।

 

श्रोतथाहाखबर

ताजा समाचार