महेन्द्रनगर । कञ्चनपुर प्रहरीलाई दिईएको छ दिने भिड नियन्त्रण विषेश घुम्ति प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्वाधानमा कञ्चनपुर प्रहरीलाई पुष १ गते देखी भिड नियन्त्रण सम्बन्धि तालिम दिईएको र आज समापन गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी हवल्दार र प्रहरी जवानलाई ६ दिने भिड नियन्त्रण विषेश घुम्ति प्रशिक्षण तालिम दिईएको हो ।
पुष १ गते सुरु भएको प्रशिक्षण तालिम सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले प्रशिक्षाणार्थीहरुलाई प्रमाण पत्र वितरण गरी कार्यक्रम समापन गरीएको कञ्चनपुर प्रहरीले जानकारी दियो ।