कृष्ण बैजनाथ क्याम्पसमा नेवि संघको अनिश्चितकालिन तालाबन्दी

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

सोमवार नेवि संघले विद्यार्थी संगठनले अगाडि सारेका विभिन्न माग क्याम्पस प्रशासनले सम्बोधनमा लापरबाही गरेको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

यस अघि नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनलाई रिक्त शिक्षकको पदपूर्ति, शिक्षकहरु नियमित उपस्थित भएर पठनपाठनमा सहभागी हुनु पर्ने, क्याम्पस पोशाकमा कडाइ गर्नु पर्ने तथा विद्यार्थी परिचय पत्र वितरण गर्नु पर्ने लगायतका मागहरु राखेर ५ दिने अल्टिमेटम प्रस्तुत गरेको थियो ।

ती मागहरु सम्बोधनमा क्याम्पस प्रशासनले लापरबाही गर्दा अनिश्चितकालिन तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघ क्याम्पस ईकाइ कमिटीले जनाएको छ ।

आफ्ना मागहरु तत्काल सम्बोधन नभए आफुहरु जस्तो सुकै कडा कदम पनि चाल्न तयार हुने विद्यार्थीको चेतावनी छ । तालाबन्दीले क्याम्पस प्रशासनका दैनिक काम प्रभावित भएका छन् ।

No photo description available.

ताजा समाचार