भारतसँग लड्न सरकारसँग दस्तावेज नै छैन स् नारायण खड्का

Share post:

काठमाडौं ! नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले नेपालको अतिक्रमित भू-भाग फिर्ता ल्याउन नेपालसँग दस्तावेज संग्रह आवश्यक रहेको बताएका छन्।

राष्ट्रियता साझा भाव भएपनि परमाण जुटाएर कुटनीतिक छलफल आवश्यक रहेको उनको भनाई छ।

‘जुलाईको अन्तिम सातातिर संसदको एउटा समितिमा परराष्ट्रमन्त्रीलाई सोधियो, तपाई हामीसँग सुगौलीसन्धीको मुलकपी छकि छैन भन्दा छैन,’ सोमबार नेपालको राष्ट्रियतामा भारतीय प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘१९५० को सन्धीको सोध्यो त्यो पनि छैन ।’

पुराना दस्तावेजहरु नहुँदा अन्तराष्ट्रिय समुदायसँग भूमि मिचिएकोबारे सरकार बोल्न नसकेको उनको आरोप छ।

श्रोतथाहाखबर

ताजा समाचार