भालुको आक्रमणबाट बझाङमा एक महिला गम्भिर घाइते

Share post:

महेन्द्रनगर ।

बझाङमा भालुको आक्रमणबाट सोमवार एक महिला गम्भिर घाइते भएकी छन् ।

जिल्लाको जय पृथ्वी नगरपालिका–७ सुवेडाकी स्थानीय ४५ वर्षीय सीता रोकाया भालुको आक्रमणबाट गम्भिर घाइत भएकी जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले दैनिक सञ्चारलाई बताए ।

उनका अनुसार घरबाट करिब पाँच समय मिटर दुरीमा घाँस काट्न गएका बेला भालुले आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट गम्भिर घाइते भएकी रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि सोमवार नै नेपालगञ्ज रेफर गरिएको प्रहरी जनाएको छ ।

सुवेडा गाउँमा भालुले आतंक मचाएको छ । लगातार भालुले मानिसलाई आक्रमण गर्न थाले पछि स्थानीयहरु बाहिर निस्किन समेत डराउन थालेका छन् ।

पुरै गाउँ नै त्रसित रहेको स्थानीय सीता खड्काले बताइन ।

ताजा समाचार