महेन्द्रनगर । अछामको श्री वैद्यनाथ धाम, स्थित वेद विद्याश्रमलाई पूर्व शिक्षक शिव कुमार श्रेष्ठले २ लाख आर्थिक सहयोग गरेका छन् ।
सोमवार दिपायल सिलगढी नगरपालीका ८ घर भई हाल काठमाण्डौँ सिनामंगल बस्ने पूर्व शिक्षक श्रेष्ठले वेद विद्या आश्रमका विद्यार्थीका लागी शिव शान्ति छात्रवृत्ति स्थापनार्थ २ लाख सहयोग गरेको वेद विद्याश्रम संस्थाका आजीवन संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले बताए ।