महेन्द्रनगर ।
लुटपाटमा संलग्न कञ्चनपुरका पाँच युवक कैलालीको धनगढी उप महानगरपालिका– ४ बोराडाँडीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कन्चनपुरको भीमदत्त नगरपालिका–१४ पलियाका १८ वर्षीय अजय भण्डारी, भीमदत्त नगरपालिका–३ का गौरब चन्द, भीमदत्त नगरपालिका–४ का २५ वर्षीय चिरन बम, कृष्णपुर नगरपालिका– का १९ वर्षीय नरेन्द्र साउँद, कृष्णपुर नगरपालिका– २ घर भई धनगढी बस्दै आएका २० वर्षीय प्रदिप ऐर र दार्चुला मार्मा गाउँपालिका– २ घर भई धनगढी बस्दै आएका १८ वर्षका पारस सिंह रहेका छन् ।
आइतवार राती कैलाली गोदावरी नगरपालिका–१० का सुमित भट्टको बा.१८ च ९६४३ नम्बरको निसान गाडी रोकी फलामको रड र डण्डा देखाउँदै धम्काएर लुटपाट गर्ने ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले बताए ।
उनिहरु विरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप लिई अनुसन्धान भई रहेको उनले बताए ।
पक्राउ परेको सो डाँकाहरुको समुहको कैलाली कञ्चनपुरका विभिन्न क्षेत्रमा भएको चोरीमा संलग्न हुदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।